Section 28
धार्मिक वन
(१) डिभिजनल वन अधिकृतले परापूर्व कालदेखिको धार्मिक स्थल र त्यसको वरिपरिको वनको संरक्षणका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै धार्मिक निकाय समूह वा समुदायलाई उक्त क्षेत्र वरिपरिको राष्ट्रिय वन धार्मिक वनको रुपमा संरक्षणको लागि हस्तान्तरण गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम संरक्षणको लागि हस्तान्तरण गरिएको कारणले मात्र त्यस्तो वन त्यस्तो धार्मिक निकाय, समूह वा समुदायको नाममा हक हस्तान्तरण भएको मानिने छैन।